भाग्न खोज्दा प्रहरीले गोली हाने: ढुंगाना र चन्द नियन्त्रणमा

धनगढी- कैलालीको भजनी नगरपालिका–७ मा प्रहरीले गोली प्रहार गरेर दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरूमा कैलारी गाउँपालिका–२, शिवरत्नपुरका रिदम ढुंगाना र मिलन चन्द रहेका छन् ।

कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार, उनीहरूलाई जेठ १५ गते टीकापुरमा टेकेन्द्र सिंह विष्टमाथि भएको खुकुरी प्रहारको घटनासँग सम्बन्धित आरोपमा पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई टीकापुर लैजाँदै गर्दा बाटोमा पिसाब फेर्ने बहानामा भाग्न खोजेपछि प्रहरीलाई गोली चलाउनु परेको सिंहले जानकारी दिए ।

Navadurga sun

“उनीहरूलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर र दुई गोली प्रहार गरिएको थियो,” डीएसपी सिंहले भने । प्रहरीको गोलीले दुवै जनालाई घुडामुनि चोट लागेको छ । घाइते अवस्थामै उनीहरूलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना गरिएको छ ।

ADD Khali jpg
Loading...