नेपाल खेलकुद महासंघ सुदूरपश्चिमको अध्यक्षमा पुनः चन्द सर्वसम्मत

धनगढी- नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाश कुमार चन्द पुनः दोहोरिएका छन् । आज धनगढीमा सम्पन्न महासघंको दोश्रो अधिवेशनबाट चन्द सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । चन्दको अध्यक्षतामा ३८ सदस्यीय महासघंको प्रदेश कमिटि सर्वसम्मत चयन गरिएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

महासघंको उपाध्यक्षमा हिक्मत रावल र प्रकाश बि।क चयन भएका छन् । यस्तै सचिवमा कोपिला सिहं, उप–सचिवमा घनश्याम डाँगी र अमित रोकाया तथा कोषाध्यक्षमा दुर्गा शर्मा भण्डारी सर्वसम्मत भएका छन् ।

Navadurga sun
Godawari sandesh

महासघंको प्रदेश सदस्यहरुमा यज्ञराज बिनाडी, उपेन्द्र बहादुर शाही, कृष्णा सिराडी, योगेन्द्र बहादुर साउँद, लोकेन्द्र बहादुर साउँद, कृष्णा कुमारी बिष्ट, तिलक कुमार मौनी, हेमकृष्ण रञ्जितकार, गणेश बहादुर कुँवर, टेक बहादुर थापा, मिना कुमारी जोशी, भरत महत, बिष्णु थापा, राकेश थापा, राज बहादुर कार्की, लक्ष्मी चन्द, नमराज धामी, दिपेन्द्र भण्डारी, हर्क बहादुर दौल्याल, सन्तोस खड्का, आशिस रोकाया, सुवास चन्द, योगेश जोशी, बिरेन्द्र बिष्ट, तपेन्द्र खड्का, नरेश सिहं, हेमन्त मिश्र, महेश बिष्ट, कृष्ण ओली, अशोक कुमार बोहरा र जेनिशा ओझा चयन भएका छन् ।

नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रकाश चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहाल, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Couple
Loading...