वीरेन्द्र भट्ट, धनगढी- कैलालीको धनगढीमा एक अपाङ्ग युवतीको सम्पती हड्पेर युवक फरार भएका छन् ।
धनगढी उपमहानगरपालिका-१ का ४० वर्षीय रासिद कुरेसीले ती अपाङ्ग युवतीको सम्पती हड्पेर फरार भएका हुन् ।

धनगढी उपमहानगरपमलिका-१४ फुलवारी ‘डि’ गाउँकी ३२ वर्षीया अपाङ्ग युवती शान्ती सुनार (परिवर्तित नाम) लाई माया जालमा फसाएर मुस्लिम समुदायका ती युवकले झण्डै २८ लाख मूल्यको जग्गा, सुन र नगद हड्पेर फरार भएको विषय वाहिर आएको छ ।
४ वर्षअघि ती युवतीसँग विवाह गर्छु भन्दै माया जालमा फसाएका युवक एक वर्षयता सम्पर्कविहिन भएपछि उनी बिचल्लीमा परेकी छन् । उनको नाममा रहेको साढे ७ कट्ठा जमिन, ८ लाख नगद र गरगहना लगेर फरार भएको ती युवतीको आरोप छ । ती युवकले पटक-पटक जबरजस्ती करणी गर्नुका साथै कुटपिट र मार्ने सम्मको धम्की दिने गरेको उनको आरोप छ ।
असुरक्षित महशुस गरेपछि यसअघि प्रहरीमा निवेदन समेत दिएको पीडित युवतीको भनाई छ । आफुलाई यो अवस्थामा पुर्याउन ती युवकसँगै धनगढीका लक्ष्मी भण्डारी, विष्णु पन्त, सविना वानु, गणेश भट्ट, झकरु निशाको समेत संग्लन रहेको उनको आरोप छ । (सविना वानु र झकरू निशा फरार युवकका आमा र वहिनी हुन् ।) माया जालमा फसाए छोरीको जीवन माथी खेलवाड गर्ने काम भएको पीडित युवतीका बुबाले बताए । अपाङ् युवतीको सम्पती हड्प्न माया जालको नाट्क रचेको र पटक-पटक जबरजस्तीकरणी गरेको पीडित परिवारको दाबी छ ।
साथै दुई महिनाको गर्भ समेत फाल्न लगाएको र त्यसो नगरे परिवारका सदस्यलाई समेत मार्ने धम्की दिएपछि गर्भपतन गराउन बाध्य भएको पीडित किशोरीको दावी छ । सबै सम्पती युवकले लगेर फरार भएपछि अहिले ती युवती अलपत्र परेकी छिन् ।
कम्मरमूनीकाे भाग नचल्ने अवस्थामा पुगेेेकी ती युवती यतिबेला न्यायकालागी हारगुहार गर्दै आएकी छन् ।
