गोदावरी नगरपालिकाले गर्यो सेभ हाउसलाई ४ लाख बराबरको सामग्री सहयोग

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले महिला तथा बालबालिका सेभ हाउसलाई चार लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । गोदावरी–२ मा रहेको सेभ हाउसलाई सामग्री सहयोग गरेको हो ।

गोदावरी नगरपालिका अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले चालु आर्थिक वर्षको बजेटबाट फर्निचर, खाद्यान्न, स्टेसनरीलगायत सामग्री सहयोग गरेको छ ।

Navadurga sun

सहयोग हस्तान्तरण कार्यक्रममा गोदावरी नगर प्रमुख विरेन्द्र भट्टले सेभ हाउसकी अध्यक्ष जानकी मलासिलाई सामग्री हस्तान्तरण गरेका हुन । नगर प्रमुख भट्टका अनुसार, सेभ हाउसमा आश्रय लिएका महिला तथा बालबालिकाको दैनिक जीवन सहज बनोस् भनेर खाद्यान्न सँगै स्टेसनरी, दराज, कुर्सी, टेबल लगायतका सामग्री सहयोग गरेका हो ।

कार्यक्रममा शाखा प्रमुख गोदावरी धामीले सेभ हाउसले माग गरेअनुसार आवश्यक सामग्री उपलब्ध गराइएको बताइन् । उनका अनुसार, यो सहयोग चरणबद्ध रूपमा उपलब्ध गराउँदै आएको छ ।

नगरप्रमुख भट्टले सेभ हाउसलाई व्यवस्थित आवासको आवश्यकता रहे पनि हालसम्म उपयुक्त स्थान फेला नपरेको उल्लेख गरे । साथै, उनले सेभ हाउसले सडक बालबालिका तथा पीडित महिलाहरूको व्यवस्थापनमा सरकारको कमजोरी गर्दै आएकोमा संस्थाको कामको सह्रानी रहेको बताए ।

कार्यक्रममा पद्मा अस्पतालका सञ्चालक डा. नरबहादुर मौनीको समेत उपस्थिति थियो । सेभ हाउसकी सञ्चालिका जानकी मलासीले निरन्तर सहयोग गरिरहेकोमा नगरपालिकाप्रति आभार प्रकट गरिन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...