खेलकुद महासघं कैलालीको अध्यक्षमा भण्डारी

नेपाल खेलकुद महासघं कैलालीको अध्यक्षमा महेन्द्र भण्डारी सर्बसम्मत चयन भएका छन् । आज सम्पन्न जिल्ला कमिटिको तेश्रो अधिवेशनबाट भण्डारीको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटि सर्बसम्मत रुपमा चयन गरिएको हो । महासघं कैलालीको उपाध्यक्षमा दिनेश सिहं कडायत र इसारा देवकोटा चयन भएका छन्, भने सचिवमा कृष्ण प्रसाद ओझा चयन भएका छन् ।

कोषाध्यक्षमा हरेन्द्र नाथ, सह–सचिवमा उमाकान्त भट्ट् र अर्जुन थापा चयन भएका छन् । सदस्यहरुमा करुणा बडुवाल, शन्तोस बि.सी, अशोक शाही, हरिश धित्त, मनिस सावद, चन्द्रा सावद, यादव थापा र मनोज ठगुन्ना चयन भएका हुन् ।

Navadurga sun

नेकपा एमाले निकट जनबर्गिय सगंठन रहेको खेलकुद महासघं कैलालीको अधिवेशन आयोजक कमिटि सयोंजक समेत रहेका महेन्द्र भण्डारीको अध्यक्षमा आयोजित अधिवेशनको नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका सुदुरपस्चिम इन्चार्ज लेखराज भट्टले उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई नेपाल खेलकुद महासघंका केन्द्रिय सचिव एवं सुदुरपस्चिम इन्चार्ज बिष्णु कुमार चन्द, नेकपा एमाले सुदुरपस्चिम प्रदेश कमिटि सदस्य खडक बम, नेकपा एमाले कैलालीका उपाध्यक्ष लोकेन्द्र शाही, नेपाल खेलकुद महासघंका सुदुरपस्चिम प्रदेश अध्यक्ष प्रकाश चन्द, केन्द्रिय सदस्य चित्र भट्ट लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा एमाले नेता पदम सिङ्गाल, नेपाल खेलकुद महासघंका सुदुरपस्चिम उपाध्यक्ष हिक्मत रावल, सचिव प्रकाश बि.क लगायत खेलकुद महासघं तथा पाटीका नेता कार्यक्रताहरुको सहभागिता थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...