मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा जोशी

धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एमाले)  निकट मदन भण्डारी फाउण्डेशन कैलालीको चौथो जिल्ला सम्मेलनले रामचन्द्र जोशीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । 

Ganyapdhura gau

उपाध्यक्षमा उपाध्यक्ष रमेश बस्नेत, सचिव मिन बहादुर रावल र कोषाध्यक्षमा  उर्मिला चौधरी चयन भएका छन् । 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सदस्यहरुमा नेत्र बोहोरा, धिर्जा रावल, गणेश परियार, कमल प्रसाद खनाल, टेक बहादुर बोहोरा, निर्मल चौधरी, जुद्ध बहादुर साउद, ज्ञानेन्द्र के सी, राधा कुमारी जोशी, हुकुम बोहोरा, चन्द लामिछाने, दान बहादुर विश्वकर्मा शिवलाल राना, दयाराम पाध्याय, सरस्वती सिंह, राज कुमार घिमिरे, प्रेम भण्डारी, बल बहादुर थापा चयन भएका छन् । 

त्यसको प्रवक्तामा राजेन्द्र प्रसाद खनाल र सल्लाहकार संयोजकमा  प्रतिमान चौलागाईँ रहेका छन् । उक्त कार्यक्रमको उद्‌घाटन एमाले सचिव लेखराज भट्टले गरेका थिए ।

कार्यक्रममा स्थायी कमिटी सदस्य कर्ण थापा लगायतका नेताहरूले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा पत्रकार विरेन्द्र रावललाई सम्मान गरिएको थियो ।

Loading...