
कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ्ग सेन्टर क्षेत्रबाट राहुल साउँद लागूऔषध सहित पक्राउ परेका हुन् ।


भीमदत्त नगरपालिका–१५ का साउँद तीन ग्राम ६६ मिलिग्राम खैरोहिरोइन सहित पक्राउ परेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, महेन्द्रनगर र इलाका प्रहरी कार्यालय, गड्डाचौकीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।





