धनगढीको बेहडाबाबा मेलामा पार्किङका नाममा रकम असुली

धनगढी-  धनगढी स्थित बेहडाबाबा गङ्गादशहरा मेलामा पार्किङका नाममा जथाभावी रकम असुली गर्न थालिएको पाइएको छ। धनगढी उपमहानगरपालिका १६ रामपुरमा रहेको बेहडाबाबामा बुधबार देखी सुरू भएको गङ्गादशहरा मेलामा सवारी पार्किङका नाममा रकम असुली हुन थालिएको पाइएको हो ।

मेला भर्न आन्तरिक तथा बाह्य क्षेत्रबाट आएका भक्तजनबाट मन्दिर व्यवस्थापन समितिले पार्किङको नाममा चर्को असुली गर्न थालिएको सर्वसाधारणले गुनासो गरेका छन् । मन्दिर व्यवस्थापन समितिले मोटरसाइकल, स्कुटर पार्किङ गरेको ८० देखी एक सय, अटोरिक्सा पार्किङको १ सय, ट्याक्टर र कारको १ सय ५०, बस पार्किङको २ सय र साइकल पार्किङ गरेको ३० रुपयाँ असुली गरिरहेको छ ।

Navadurga sun

मन्दिर दर्शन गर्न जानेहरुबाट जथाभावी रकम असुली हुन थालेको भन्दै चर्को आलोचना भएको छ । मेलामा गएका धनगढीका कृष्ण बोहराले कार पार्किङ गरेको एक सय ५० रुपयाँ शुल्क तिरेको बताए । कार पार्किङ वाफत म बाट १ सय ५० रुपयाँ लियो तर रसिद समेत दिएन उनले भने “मन्दिर दर्शन गर्न गएका भक्तजनहरुबाट पार्किङका नाममा जथाभावी शुल्क उठाउनु ठिक होइन, झन ठेक्का पाएको कम्पनीले रसिद समेत नदिएर शुल्क उठाइनु गलत हो ।”

यस्तै मोटरसाइकल पार्किङ गरेको कसैबाट ८० र कसैबाट १ सय रुपयाँ लिइरहेका छन् । मोटरसाइकल पार्किङकै एक सय रुपयाँ सम्म लिइएपछि मन्दिर व्यवस्थापन समितिको आलोचना भएको छ । धार्मिक स्थललाई कमाउने भाँडो बनाएको भन्दै भक्तजनहरु आक्रोसित थिए ।

यता मन्दिर व्यवस्थापन समितिले बैठक बाटै पार्किङ शुल्क तोकिएको जनाएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर  चन्दले गत बर्ष भन्दा शुल्क घटाएर लिइएको बताए । सवारी साधनको शुरक्षा गर्नुपर्ने भएकाले पार्किङ शुल्क राखिएको उनले बताए ।  गङ्गादशहरा मेलामा सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट ठुलो संख्यामा भक्तजन आउने गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...