अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेका सत्यवती एकेडेमीले कक्षा ११ र १२ मा विज्ञान संकाय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि १ महिने निःशुल्क पूर्वतयारी कक्षा सञ्चालन गर्ने भएको छ । उक्त कक्षा यही २०८२ साल जेठ २६ गते (सोमबार) बाट सुरु हुने जनाइएको छ ।






विद्यालयका अनुसार, SEE परीक्षा दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरूका लागि यो कक्षा विशेष रूपमा लक्षित गरिएको छ । पूर्वतयारी कक्षामा Physics, Chemistry, Biology, Computer र Maths जस्ता मुख्य विषयहरू बिहान ७ बजे देखि ८ः३० बजेसम्म पढाई हुनेछ भने बिहान ८ः३० बजे देखि ९ः३० बजे सम्म प्रयोगात्मक (Practical) कक्षाहरु सञ्चालन गरिने एकेडेमीले आफ्नो सूचना मार्फत जनाएको छ । यस बाहेक, विद्यार्थीहरूलाई मनोरञ्जनका लागि Futsal, Music, Cricket जस्ता अतिरिक्त गतिविधिहरू बिहान ९ बजे देखि ९ः३० बजे सम्म प्रदान गरिने विद्यालयले जनाएको छ ।
पुर्वतयारी कक्षा किन ?
१ विगत लामो समय देखी कक्षा ११ र १२ मा अध्यापन गराइरहनु भएका शिक्षकहरुले कक्षा ११ र १२ को विज्ञान विषय अध्ययनका लागी अतिआवश्यक आधारभूत तथ्यहरु पहिचान गरी, सो को जानकारीले विज्ञान विषय पढाईलाई उत्कृष्ट बनाउने निष्कर्ष निकाल्नु भएकोले यो फुर्सदिलो समयमा पूर्वतयारी कक्षाहरु सञ्चालन गरिदै ।
२ विज्ञान विषय अध्ययनका लागि प्रयोगात्मक कक्षाहरु अतिआवश्यक रहेको तर सबै विद्यालयहरुमा कक्षा १० सम्म प्रयोगात्मक (Practical) कक्षाको पहुँच नभएकोले ।
३ सबै विद्यालयमा कम्प्युटर विषय तथा ऐच्छिक गणितको अध्यापन नहुने भएकोले तर विज्ञान विषय अध्ययनका लागि यी विषयहरु अतिआवश्यक भएकाले ।
विद्यालयका अनुसार, कक्षाको अन्त्यमा परीक्षा लिइनेछ र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सत्यवती एकेडेमीमा छात्रवृत्तिको व्यवस्था गरिने समेत विद्यालयले जनाएको छ । विद्यालयले इच्छुक विद्यार्थीहरूलाई समयमा नै आएर नाम दर्ता गर्न समेत आग्रह गरेको छ ।





