सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड जेठ २४ देखि सुरु हुने

बैतडी- सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ २४ र २५ गते धनगढीमा हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नायब वरिष्ठ प्रशासकीय अधिकृत टोपबहादुर विष्टका अनुसार धनगढीस्थित प्रदेश रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा प्रदेशका नौवटै जिल्ला सहभागी हुनेछन्।

Navadurga sun

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनोट भइसकेका बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए। प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी राष्ट्रपति रनिङ शिल्ड खेलकुदका लागि छनोट हुने छन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औँ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...