लगानी सम्मेलनले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने छ : परराष्ट्र मन्त्री डा. आरजु

अत्तरिया- सुदूरपश्चिमको आर्थिक विकासमा लगानी सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बताएकी छन । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा सहभागी हुन धनगढी पुगेकी परराष्ट्र मन्त्री राणाले धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिदैँ लगानी सम्मेलनले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने बताइन।

उनले लगानी सम्मेलनले सुदूरपश्चिममा ठूला विकासका योजनाहरू निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन । उनले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारको परिकल्पनामा लगानी सम्मेलनको आयोजना गरिएको छ, जसमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्र सरकारका मन्त्रीहरूको सहयोगी भूमिका रहने छ ।’ उनले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सरकारका मन्त्रीहरूले सुदूरपश्चिममा लगानी भित्र्याउन भूमिका खेल्नेमा समेत विश्वास व्यक्त गरे ।

Navadurga sun

सुदूरपश्चिममा लगानीका लागि प्रचुर सम्भावना रहेकाले विभिन्न क्षेत्रबाट निजी लगानीका व्यवसायीहरू र दातृ निकायहरू उत्साहित भएको उनले बताइन ।

उनले लगानी सम्मेलनले दातृ निकाय र निजी व्यवसायीलाई सुदूरपश्चिममा भित्र्याउन लागेकोमा खुसी व्यक्ति गरे । विदेशी लगानीकर्ता र एनआरएनले लगानी गर्नका लागि इच्छा व्यक्त गर्नु सुदूरपश्चिमका लागि सकारात्मक कुरा भएको उनले बताइन । उनले पछिल्लो समयमा नेपालमा लगानी गर्नेको संख्यामा वृद्धि हुन थाले पनि सरकारी ऐन कानुनका कारण केही कठिनाई हुने गरेको बताउँदै मन्त्री राणाले ऐन कानुन परिमार्जन गरी लगानीमैत्री कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन ।

सुदूरपश्चिममा अथाह जलस्रोत भएको बताउँदै उनले भनिन–‘यहाँको जलस्रोतको सदूपयोग गरी लगानी गर्न सकेको खण्डमा सुदूरपश्चिम आर्थिक रुपमा समृद्ध हुने निश्चित छ ।’ सुदूरपश्चिममा पर्यटन, जलस्रोत, कृषिका साथै उद्योग क्षेत्रमा लगानी गर्न उहाँले सबै दातृ निकाय तथा निजी क्षेत्रका व्यवसायीलाई आग्रह गरिन ।

कञ्चनपुरका विपिन जोशीको अवस्थाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा परराष्ट्र मन्त्री राणाले हालसम्म अवस्था अज्ञात रहेकाले सकूशलको कामना गर्दै कूटनीतिक पहल जारी रहेको बताइन ।

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा सहभागी हुन धनगढी पुगेकी परराष्ट्र मन्त्री राणा लगायत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, विदेशी नियोगका अधिकारीहरु र लगानीकर्ताहरुले कञ्चनपुर क्षेत्रको फिल्ड अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

अवलोकनका क्रममा दोधरा चाँदनीको सुख्खा बन्दरगाह, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बेदकोट औद्योगीक क्षेत्र लगायतका क्षेत्रको अवलोकन गरी लगानीका सम्भावनाहरु पहिचान गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश नीति आयोगका सदस्य नृपबहादुर सुनाले जानकारी दिए । लगानी सम्मेलनकै क्रममा बुधबार धनगढीमा औपचारिक कार्यक्रम हुँदै छ ।

ADD Khali jpg
Loading...