

अत्तरिया- चुरे गाउँपालिका–६ कोट ढुगानीस्थित श्री भगवती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति लामो समयदेखि निष्क्रिय रहेको अवस्थामा, आज एक आम भेला मार्फत गणेश नाथ योगीलाई सर्वसम्मत रूपमा नयाँ अध्यक्षमा चयन गरिएको छ।
विद्यालय प्रअ भक्तबहादुर ऐरको सञ्चालनमा सम्पन्न कार्यक्रमको सभापतित्व शिक्षक अभिभावक संघका अध्यक्ष किशोर बुढा मगरले गरेका थिए। प्रमुख अतिथि चुरे गाउँपालिका–६ का वडाध्यक्ष प्रेमबहादुर साउद रहनु भएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन ठाडा, भगीराम सारु तथा चुरे गाउँपालिकाका प्रेस सल्लाहकार नरेशनाथ योगीको उपस्थिति थियो।
नयाँ चयन भएको समिति निम्नानुसार छ:
अध्यक्ष: गणेश नाथ योगी
सदस्यहरू:

गंगादेवी थापा
कल्पना घर्ती मगर
सुरेश बिक
भागादेवी साउद
चक्रबहादुर सारु
वडासदस्य दुर्गादेवी सार्की