नव आगन्तुक विद्यार्थीलाई भव्य स्वागत, कक्षा ८ मा शतप्रतिशत नतिजा ल्याउनेहरू र तेक्वान्दो ब्ल्याक बेल्ट डनलाई सम्मान

धनगढी- धनगढीमा रहेको कोविडा इन्टरनेशनल एकेडेमीले विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूको स्वागत, कक्षा ८ मा शतप्रतिशत नतिजा A+ ल्याएका विद्यार्थी र अभिभावकको सम्मान तथा तेक्वान्दोमा ब्ल्याक बेल्ट डन हासिल गर्नेहरूलाई विशेष समारोहबीच सम्मान गरिएको छ ।

Dadeldhura hospital

समारोहको सभापतित्व विद्यालयका नेपाली विषय शिक्षक टेकचन्द्र निरौलाले गरेका थिए । प्रमुख अतिथिका रूपमा धनगढी उपमहानगरपालिका–३ की वडा सदस्य तथा विद्यालयकी अभिभावक मीना सिंह उपस्थित थिइन् । विशिष्ट अतिथिका रूपमा तेक्वान्दोका प्रमुख प्रशिक्षक श्री दिपेन्द्र सिजापति, पृथ्वीराज घिमिरे, रमेश ढकाल, राजु खड्का तथा अन्य अभिभावकहरूको उपस्थिति रहेको थियो ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा विद्यालयकी संयोजक कान्ति गिरीले स्वागत मन्तव्य दिएकी थिइन् । संयाेजक गिरि शिक्षण पेशा संगै सांस्कृतिक तथा कला र साहित्यिक क्षेत्रमा समेत  सामाजिक अभियन्ता पनि हुन ।
विद्यालयका संस्थापक प्रिन्सिपल श्री पुष्करराज पाण्डेयको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा कक्षा ८ मा  A+ ल्याउन सफल विद्यार्थीहरूलाई शिक्षक टेकचन्द्र निरौलाद्वारा आफ्नो व्यक्तिगत तर्फबाट नगद पुरस्कारसहित सम्मान गरिएको थियो। यस अवसरमा विद्यालयको उत्कृष्ट नतिजा र तेक्वान्दो खेलमा विद्यार्थीद्वारा हासिल उपलब्धिको सराहना गर्दै अतिथिहरूले विद्यार्थीहरूलाई अझै अनुशासित, सिर्जनशील र दक्ष बन्न प्रेरणा प्रदान गरेका थिए ।

Loading...