भूमि आयोगले कञ्चनपुरमा भूमिहीन र सुकुम्बासीको नापी कार्य सुरु

कञ्चनपुर- भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ । आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्रप्रकाश पन्तले जानकारी दिए। 

उनका अनुसार अहिले नापीका लागि सबै पालिकामा टोली खटिएको छ । नापी टोलीमा आयोगका २० जना अमिन र १३ जना सर्वेक्षक छन् भने स्थानीय पालिकाका २७ अमिन र ६ जना सर्वेक्षकले जग्गा नापजाँचको काम गरिरहेको उनले बताए । 

Navadurga sun
Godawari sandesh

‘हामीले असारसम्ममा चार हजार लालपूर्जा वितरण गर्ने गरी काम गरिरहेका छौँ’, अध्यक्ष पन्तले भने, ‘यहाँका सबै पालिकामा नापी टोली गठन भएर जग्गा नापीको काम भइरहेको छ।’ उनले लालपूर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी ७२ हजार ९३० निवेदन परेको बताए। अध्यक्ष पन्तले यसअघि विघटन भएको आयोगले चार हजार ६५ सेतो लालपूर्जा बनेको बताए । ‘असअघिको आयेगले बनाएको सेतो लालपूर्जाको  अधूरो काम पनि गरिरहेका छौँ’, उनले भने, “सीमित स्रोत र साधनका बाबजुद पनि हामीले तीव्र काम गरिरहेका छौँ ।’

भीमदत्त नगरपालिकामा भूमिहीन दलित, नौ सय २२, भूमिहीन सुकुम्वासी आठ सय ८७ र अव्यवस्थित बसोवासी ६ हजारको लगत सङ्कलन गरिएको छ। त्यसैगरी बेदकोट नगरपालिकामा भूमिहीन दलित तीन सय ६, भूमिहीन सुकुम्बासी दुई सय पाँच र अव्यवस्थित बसोबासी नौ हजार २१ जनाको लगत सङ्कलन गरिएको छ । कृष्णपुर नगरपालिकामा भूमिहीन दलित ९९, भूमिहीन सुकुम्बासी एक सय र अव्यवस्थित बसोबासी पन्ध्र हजार ९६२ छन् । 

Dadeldhura hospital

शुक्लाफाँटा नगरपालिकामा भूमिहीन दलित एक सय ९३, भूमिहीन सुकुम्बासी एक सय ५४ र अव्यवस्थित बसोबासी एघार हजार ४८९ जनाको लगत सङ्कलन गरिएको छ । आयोगका अनुसार दोधारा चाँदनी नगरपालिकामा भूमिहीन दलित एक सय ७६, भूमिहीन सुकुम्बासी दुई सय ६० र अव्यवस्थित बसोबासी तीन हजार ५६१ छन् । त्यसैगरी बेलौरी नगरपालिकामा भूमिहीन दलित एक सय १८, भूमिहीन सुकुम्बासी एक सय ८८ र अव्यवस्थित बसोबासी पाँच हजार तीन सय गरी पाँच हजार छ सय ६ को लगत सङ्कलन गरिएको छ ।

पुनर्वास नगरपालिकामा भूमिहीन दलित सात सय ७१, भूमिहीन सुकुम्बासी आठ सय ७५ र अव्यवस्थित बसोबासी ६ हजार ७६० रहेका छन् । बेल्डाँडी गाउँपालिकामा भूमिहीन दलित एक सय ९७, भूमिहीन सुकुम्बासी एक सय ९५ र अव्यवस्थित बसोबासीको चार हजार ४०३ छन् । आयोगका अनुसार लालझाडी गाउँपालिकामा भूमिहीन दलित २२, भूमिहीन सुकुम्बासी ९० र अव्यवस्थित बसोबासी चार हजार ४६९ जना छन्।

यी मध्ये तीन सय सात परिवारले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका छन्। जसमा बेदकोट नगरपालिकाका ८५, कृष्णपुर नगरपालिकाका ९०, बेलौरी नगरपालिकाका २१, दोधारा चाँदनी नगरपालिकामा २४ र शुक्लाफाँटा नगरपालिकाका ८७ परिवारलाई यसअघि  विघटित भूमि आयोगले जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको अध्यक्ष पन्तले बताए ।

उनका अनुसार, आयोगले भीमदत्त नगरपालिकाका–४, १४, १५, ११ र १७ मा जग्गा नापजाँच गरेको थियो । त्यसैगरी बेदकोट नगरपालिकाको सबै वडामा एक हजार ९२४ हेक्टर जग्गा नापी गरिएको छ । कृष्णपुर नगरपालिकाका वडा नम्बर १, २, ४, ८ र ९ मा दुई हजार ३० हेक्टर जग्गा नापी भएको छ । शुक्लाफाँटा नगरपालिकामा वडा १, २, ३, ९ मा आठ सय १६ दशमलव ३८ हेक्टर जग्गा नापी भएको छ भने वडा १२ र १० मा नापी हुन बाँकी छ । 

दोधारा चाँदनी नगरपालिकामा–८ मा पाँच सय ५२ हेक्टर जग्गा नापी गरिएको छ भने वडा ५, ३, ९ र १० मा नापीको काम भइरहेको आयोगले जनाएको छ । त्यसैगरी बेलौरी नगरपालिकामा वडा ४, ८ र १० मा नापी सम्पन्न गरिएको छ । पुनर्वास नगरपालिकामा एक सय २४ हेक्टर जग्गा नापी भएको छ । बेलडाँडी गाउँपालिकाका सबै वडामा एक हजार चार सय हेक्टर जग्गा नापी भएको छ भने लालझाडी गाउँपालिकामा वडा ४, ५ र ६ मा २१ हेक्टर जग्गा नापी भएको छ । रासस

Loading...