धनगढीको स्वस्तिक अस्पतालद्वारा कैलारीमा निशुल्क स्वास्थ्य शिविर, ५५६ जनाले लिए सेवा

धनगढी-  स्वस्तिक अस्पताल, धनगढीले कैलालीको कैलारी गाउँपालिका–१ मा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। जेठ १७ गते, शनिबार आयोजित उक्त शिविरबाट ४३३ महिला र १२३ पुरुष गरी कुल ५५६ जनाले सेवा लिएका छन्।

अस्पतालका अध्यक्ष दिपेन्द्र तिवारीका अनुसार हाडजोर्नी, फिजिसियन, सर्जरी, नाक-कान-घाँटी तथा महिला रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। शिविरको उद्घाटन कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती चौधरीले दिपेन्द्र माध्यमिक विद्यालयमा गरेकी थिइन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...