धनगढीको स्वस्तिक अस्पतालद्वारा कैलारीमा निशुल्क स्वास्थ्य शिविर, ५५६ जनाले लिए सेवा

nava durga gaupalika

धनगढी-  स्वस्तिक अस्पताल, धनगढीले कैलालीको कैलारी गाउँपालिका–१ मा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। जेठ १७ गते, शनिबार आयोजित उक्त शिविरबाट ४३३ महिला र १२३ पुरुष गरी कुल ५५६ जनाले सेवा लिएका छन्।

अस्पतालका अध्यक्ष दिपेन्द्र तिवारीका अनुसार हाडजोर्नी, फिजिसियन, सर्जरी, नाक-कान-घाँटी तथा महिला रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। शिविरको उद्घाटन कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती चौधरीले दिपेन्द्र माध्यमिक विद्यालयमा गरेकी थिइन्।

Loading...