गोदावरी-१० मा निःशुल्क आँखा शिविरबाट  ४६० जनाले लिए सेवा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१० मा निःशुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा ४६० जनाले सेवा लिएका छन् ।

शिविर गोदावरी–१० को जानकी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको हो । शनिबार बिहान ९ बजे देखि अपराह्न ३ बजेसम्म सञ्चालन भएको शिविरमा आँखाको सामान्य परीक्षण, औषधोपचार तथा मोतिविन्दुको पहिचान गरिएको थियो । मोतिविन्दु देखिएका बिरामीलाई गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको छ ।

nava durga gaupalika

शिविरको सफलताका लागि गोदावरी–१०, ११, १२ र ३ का स्थानीयहरूलाई टोलटोलबाट ल्याउन सवारीको व्यवस्था गरिएको थियो ।

प्रत्येक बिरामीसँग एक जना अभिभावक अनिवार्य रूपमा उपस्थित गराइएको थियो । शिविरको आयोजना गोदावरी नगरपालिका वडा नं. १० ले गरेको हो भने प्राविधिक सेवा गेटा आँखा अस्पतालले प्रदान गरेको हो । वडाध्यक्ष रविन्द्र शाही ‘गुड्डु’ को नेतृत्वमा सम्पन्न कार्यक्रमले स्थानीयवासीहरूबाट व्यापक प्रशंसा पाएको छ ।

शाहीले आफ्नो फेसबुकमार्फत आँखासम्बन्धी समस्या भएका नागरिकहरूलाई समयमै शिविरमा सहभागी भएर सेवा लिन आग्रह गरेका थिए । यस प्रकारका शिविरले स्वास्थ्य सेवामा पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरूले बताएका छन् ।

Loading...