सेनाले निर्माण गर्दै महाकाली तटबन्ध

कञ्चनपुर । नेपाली सेनाले महाकाली नदी किनारामा तटबन्ध निर्माणको काम अगाडि बढाएको छ । जेठ ६ गतेको मन्त्रीपरिषद्को निर्णयबमोजिम जेठ ९ देखि नेपाली सेनाले महाकाली नदीमा तटबन्ध निर्माणको काम अगाडि बढाएको हो ।

जेठ ६ गते बसेको मन्त्रीपरिषद्को बैठकले नवनिर्मित चार लेनको महाकाली पुलआसपास महाकाली नदीको बिचभागमा जम्मा भएको नदीजन्य पदार्थ हटाई व्यवस्थापन गर्ने तथा बाढीजन्य विपत् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदी नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति प्रदान गर्ने निर्णयसँगै सेनाले दु्रत गतिमा तटबन्ध निर्माणको काम अगाडि बढाएको छ ।

Navadurga sun

महाकाली नदीमा तटबन्ध निर्माणका लागि हाल सेनाका विभिन्न कार्यालयबाट तीन सय सैनिक खटिएका छन् । २०८१ सालमा आएको बाढीले भीमदत्त नगरपालिकास्थित भुजेलमा बाँध भत्काउँदा बस्ती डुबानमा परेको थियो ।

भुजेलमा महाकाली पुलछेउ भत्काएको २६५ मिटर गाइड बन्डलाई पुनर्निर्माण गर्ने र खोलालाई पुलको बिचतिर केन्द्रित गर्ने योजना अनुरूप तटबन्ध निर्माणको काम भइरहेको नेपाली सेना भगतपुर ब्यारेकका मेजर आकाश बस्नेतले जानकारी दिए । अहिले महाकाली नदी तटीय क्षेत्रमा पुनर्भरणको काम भइरहेको साइड इन्चार्ज तथा इन्जिनियर निसानत पण्डित क्षेत्रीले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...