

अत्तरिया- कैलालीको गोदावरीबाट झण्डै ४३ लाखको अवैध सामान बरामद गरिएको छ ।

गोदावरी २ बाट ४२ लाख ९७ हजार ५०० रुपिँया बराबरका २ हजार ८२५ थान मोबाइलका डिस्प्ले बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
गोदावरी २ का विर बहादुर साउँदको घरमा डेरा गरि बस्दै आएका डडेल्धुराको आलीताल गाँउपालिका ४ का ३२ वर्षीय मान बहादुर वलीको कोठाबाट उत्त सामान बरामद भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
बिहिबार इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्ष रण बहादुर चन्दको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो। वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उत्त सामान शुक्रबार भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।