

काठमाडौं- सरकारले रोजगारी र कामदारर खोज्न सहज हुने गरी रोजगार पोर्टल सञ्चालनमा ल्याउने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गदै यस्तो बताएका हुन् । उनले आगामी आवमा सबै प्रदेशमा रोजगार मेला आयोजनाको समेत घोषणा गरे ।
थप मुलुकसँग द्धिपक्षीय श्रम सम्झौता गरिने उनले बताए । वैदेशिक रोजगारीमा जाने महिलाको कार्यस्थलमा हुने सुरक्षा सुनिश्चतता हुने गरी थप सम्झौता गरिने उनले बताए ।