EMC Football Cup 2082 भव्य रूपमा सुरु, होलिल्यान्ड स्कुलको प्रभावशाली जित

अत्तरिया- सुदूरपश्चिम युवा चेम्बर अफ कमर्स र माउन्ट एभरेष्ट क्लबको आयोजनामा, त्रिनयन नेपाल र EMC +2 क्याम्पसको सहकार्यमा सुरु भएको EMC Football Cup 2082 भव्य उद्घाटन समारोहका साथ सुरु गरिएको छ । प्रतियोगितामा सुदूरपश्चिम क्षेत्रका २३ वटा विद्यालय टिमहरूको सहभागिता रहेको छ ।

उद्घाटन समारोहमा गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष चेतराज अवस्थी प्रमुख अतिथिका रूपमा रहेका थिए । पद्म अस्पतालका प्रबन्धक डा. नरबहादुर मौनी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको स्वागत मन्तव्य EMC +2 क्याम्पसका प्रधानाध्यापक बन्सी चौधरी (स्माइल) ले राखेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य डा. मौनीले प्रस्तुत गरेका थिए भने समापन मन्तव्य प्रमुख अतिथि अवस्थीले दिएका थिए । वक्ताहरूले यस्ता प्रतियोगिताहरूले विद्यालयस्तरमै खेलकुद प्रतिभा पहिचान गर्न मद्दत पुग्ने बताएका थिए ।

प्रतियोगिताको पहिलो खेलमा होलिल्यान्ड स्कुलले प्रज्ञान स्कूललाई ३–० ले पराजित गर्दै शक्तिशाली सुरुवात गरेको छ । खेलमा होलिल्यान्डले खेलको सुरुदेखि नै दबाब कायम राख्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । दर्शकहरूका लागि खेल रोमाञ्चक र प्रेरणादायी बनेको थियो ।

प्रतियोगिताभर दर्शकहरूले उत्कृष्ट खेलहरूको लहर हेर्न पाउने आशा गरिएको छ । आयोजकहरूले सम्पूर्ण खेलप्रेमीहरूलाई मैदानमा उपस्थित भई विद्यार्थीहरूलाई हौसला दिन अनुरोध गरेका छन् ।

Loading...