पानीमा डुबेर २ जनाको मृत्यु

धनगढी-  पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीमा एक बालक र कञ्चनपुरमा एक बालिका रहेका छन् ।कैलालीको गोदावरी नगरपालिका–१० दमौरा स्थित सोही ठाउँ बस्ने गणेश चन्दको ७ वर्षका छोरा ओमकार चन्दको पानीमा डुबेर मृत्यु भएको हो ।

Dadeldhura hospital

जय अम्बे ईटाँ उद्योगको ईटाँ बनाउनका लागि माटो निकालेको पानी जम्मा भएको खाडलमा खेल्ने क्रममा डुबेर घाईते भएका बालकलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा बुधवार राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–१० हरपाल बस्ने मिना सार्कीकी ५ वर्षीया छोरी प्रिन्जिला सार्कीको पनि पानीमा डुबेर मृत्यु भएको छ । सार्की सोही ठाँउको चौधर नदीमा नुहाउने क्रममा पानीमा डुबेर बगाएपछि बेहोस अवस्थामा फेला पारेकी थिइन् ।

बालिकालाई उपचारको लागी महाकाली प्रादेशीक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा बुधवार ५ः४५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

Loading...