

धनगढी- कर्णाली नदीमा डुबेर एक किशोर बेपत्ता भएका छन् ।

टीकापुर नगरपालिका–२ मुलपानी स्थित कर्णाली नदीमा जानकी गाउँपालिका–१ दुर्गौली बस्ने १७ वर्षीय संतोष धामी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
धामी लगायतका उनका ६ जना साथीहरु कर्णाली नदीमा पौडी खेल्ने क्रममा धामी नदीमा डुबेर वेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।