कञ्चनपुर- कञ्चनपुरमा एक जना युवक उखुबारीमा मृत अवस्थामा भेटिएका छन् । बेलौरी नगरपालिका–१ बैशाखीका २९ वर्षीय गोपाल लुहार मंगलबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार लुहार आफ्नै घरबाट करिब पाँच सय मिटर टाढा रहेको उखुबारीमा मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

