सुदूरपश्चिममा विपद् पूर्व तयारी : १६ स्थानमा नदी सतह मापन केन्द्र

अत्तरिया- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले प्रदेशमा १६ स्थानमा वर्षा तथा नदी सतह मापन गर्ने केन्द्र जडान भइसकेको जानकारी दिएका छन।
जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले मंगलबार पहिलो पटक सुदूरपश्चिम प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय मनसुन फोरममा बोल्दै उनले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक सामग्री उपलब्ध गराउँदै आएको र विपद् सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि गर्न मन्त्रालयले निरन्तर काम गरिरहेको बताए।

सो कार्यक्रममा यो वर्षको मनसुन परिदृश्य, ऋतुगत पूर्वानुमान, सम्भावित जोखिमको आँकलन र विपद् पूर्व तयारीका विषयमा गहन छलफल गरिएको छ।
कार्यक्रममा यस वर्ष मनसुन औशतभन्दा अगाडि प्रवेश गर्ने र वर्षा पनि औसतभन्दा बढी हुने सम्भावना रहेकाले तत्काल पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता रहेको मौसम विज्ञ डा. धर्मराज उप्रेतीको प्राविधिक प्रस्तुतिमा उल्लेख गरे।
विभागका प्रतिनिधि विभूति पोखरेलले फोरममा समग्र सहजीकरण गर्दै सुदूरपश्चिममा मौसम पूर्वानुमान प्रणालीलाई अझ सुदृढ बनाउने पहलका बारेमा जानकारी दिए।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति दिपेन्द्र विष्टले सुदूरपश्चिमको समग्र जोखिम परिदृश्य, नीतिगत संरचना र हाल सञ्चालनमा रहेका पूर्व तयारी गतिविधिको प्रस्तुति गरिएको थियो।

Navadurga sun

खुला छलफल सत्रमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बाढी तथा पहिरोको जोखिम उच्च रहेकोले सम्बन्धित निकायबिच तालमेल र सहकार्य अत्यावश्यक रहेकोमा जोड दिए। फोरमले सुदूरपश्चिम प्रदेशमा मौसम पूर्वानुमान र जोखिम मूल्यांकनलाई आधारित बनाएर रणनीतिक पूर्व तयारी र नीति निर्माणमा सघाउ पुर्याउने रणनीति बनाएको छ।

सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाबिचको सहकार्यलाई थप मजबुत बनाउँदै, विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी कार्यान्वयनको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर संजयकुमार साहले बताए । मर्सिकोर नेपालको सहकार्यमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय मनसुन फोरम–२०८२ धनगढीमा भएको हो। कार्यक्रम जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीको अध्यक्षतामा भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...