बाजुरामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाईते

बाजुरा- बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना भएको छ । प्रहरीका अनुसार जगन्नाथ गाउँपालिका-३ मा टेलिकमकाे जिप दुर्घटना भएको हो । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोक बहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामी रहेका छन ।

Navadurga sun
Godawari sandesh

त्यस्तै सोहि दुर्घटनामा घाइते हुनेमा बुढीनन्दा नगरपालिका २ का अन्दाजी २५ वर्षीय नन्द बहादुर तिरुवा र अन्दाजी २५ वर्षीय २२ लोकेन्द्र तिरुवा रहेका छन ।

Couple
Loading...