सुदूरपश्चिममा गरिबी घटाउन खुला छलफल आवश्यक छः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको गरिबी घटाउने विषयमा खुला छलफलका लागि आफू सधैं तयार रहेको बताएका छन्।

मंगलबार धनगढीमा आयोजित प्रदेश सरकार र विकास साझेदारबीच असल अभ्यास आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले प्रदेशको प्रत्येक तीन जनामा एक जना निरपेक्ष गरिब रहेको तथ्यांक उल्लेख गर्दै, मानव विकास सूचकांकमा सुधार ल्याउन साझा प्रयासको आवश्यकता औंल्याए।

Navadurga sun

उनले भने, “गरिबी निवारणका लागि निजी क्षेत्र, गैरसरकारी संस्था र सरकारी पक्षबीच खुला र निष्पक्ष छलफल आवश्यक छ। हामी छलफल गर्न सधैं तयार छौं ।”

कार्यक्रम प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रमअन्तर्गत आयोजना गरिएको थियो । सो अवसरमा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले सरकारका प्रमुख कार्यक्रम, प्राथमिकता र अपेक्षा प्रस्तुत गरेको थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघ, संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्य अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरूको संयुक्त प्रस्तुति पनि रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...