

बाजुरा- बाजुरामा बाघले १७ वटा भेडा–बाख्रा मारेको छ । जिल्लाको गौमुल गाउँपालिका–३ दल्लेरीमा बाघले आक्रमण गर्दा स्थानीय मदन बोहराको गोठमा रहेका १७ वटा भेडा–बाख्रा मरेका हुन् ।

गोठको छानामा बाधेँर राखिएका भेडा–बाख्राहरूमा बाघले आइतवार राति आक्रमण गरेको हो । गोठमा रहेका ५६ भेडा–बाख्रामध्ये बाघले आक्रमण गर्दा ११ वटा भेडा र ६ वटा बाख्रा मरेको छन् ।
बिहान खेतीपातीका लागि गएका स्थानीय बोहराले मरेका, आधा खाएर छोडिएका र ५ वटा घाइते अवस्थामा रहेका पशु फेला पारेको थिए । मदन बोहराको उक्त घटनाबाट झन्डै २ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । भेडा–बाख्रालाई प्रमुख आयस्रोतको रूपमा प्रयोग गर्दै आएका उनले अबको जीविकोपार्जनमा समस्या परेको बताएका छन् ।