प्रहरीको आचरण र व्यवहार सुद्धिकरण पहिलो प्राथमिकतामा : डिआइजी बिक

अत्तरिया- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) डम्बर बहादुर बिक ले सबैभन्दा पहिले प्रहरीको आचरण सुधार गर्ने बताएका छन् ।

Dadeldhura hospital

सोमबार धनगढी प्रदेश प्रहरी कार्यालयमा सञ्चारकर्मीहरु संगको परिचयात्मक कार्यक्रममा बोल्दै डिआइजी बिक ले प्रहरीको आचरण सम्बन्धी धेरै प्रश्न उठेकाले सबैभन्दा पहिले प्रहरीको आचरण सुधार गर्न आवश्यक रहेको बताएका हुन् ।

Godawari sandesh
Navadurga sun

सबैभन्दा पहिले प्रहरी सुधार भयो भने अरु सुधार्न सकिन्छ उनले भने, त्यसैले प्रहरीको आचरण सुधार गर्दै अन्य समस्याहरुको समाधान तिर लाग्नुपर्ने हो, यहाँ सबैभन्दा बढी लागुऔषधको समस्या देखियो, बाजुरामा समेत यसको प्रभाव छ, त्यस कारण लागुऔषधको बिगबिगी घटाउन अन्य निकाय सगं सहकार्य गर्छौँ ।’

लागुऔषधको बिरुद्धमा अभियानै सञ्चालन गर्ने योजना रहेको बताउँदै उनले वडा, विद्यालय, नागरिक समाज, सञ्चारकर्मी लगायत सबै संग समन्वय गर्ने र त्यसका साथै यहाँका समस्या सम्बोधन गर्न नागरिक केन्द्रित प्रहरी अभियान सञ्चालन हुनेछ । केन्द्रको निर्देशन बमोजिम कार्यक्रम जिल्लामा देखिएका समस्या सम्बोधन गर्ने खालले अघी बढ्ने उल्लेख गरेका हुन् ।

Loading...