धनगढीका नगर प्रहरी निरीक्षक सहित ४ जना पक्राउ

धनगढी- कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

nava durga gaupalika

पक्राउ पर्नेमा नगर प्रहरीका प्रमुख समेत रहेका नगर प्रहरी निरीक्षक धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्र सिंह धामी र नगर प्रहरी हवल्दार मणीदत्त भट्ट रहेका छन् ।

उनीहरुलाई सोमबार बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार भन्सार प्रमुख तिमिल्सिनाले अभद्र व्यवहार शिर्षकमा दिएको किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो ।

चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीहरुले कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भइसकेको छ । नगर प्रहरी निरीक्षक धामीलाई धनगढी उपमहानगरपालिकाले समेत २४ घण्टे स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया अघि बढाइसकेको छ ।

Loading...