डोटीमा एक घरमा आगलागी

डोटी- डोटीमा एक घरमा आगलागी भएको छ । जिल्लाको शिखर नगरपालिका–६ कोट गाउँमा शनिवार दिउँसो आगलागी हुँदा एक घरमा आंशिक क्षति पुगेको छ । 

Dadeldhura hospital

कोट गाउँका गणेशबहादुर बलायरको स्वामित्वमा रहेको घरमा दिउँसो करिब पौने ३ बजे विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घरको माथिल्लो तलाको एक कोठामा रहेका लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन, काठका फर्निचर र एलइडी टिभी जली नष्ट भएका छन् । 

Godawari sandesh
Navadurga sun

घटनापछि प्रहरी चौकी तलकोटबाट प्रहरी हवल्दार टिका महराको नेतृत्वमा चार जनाको टोली खटिएको थियो। स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । 

Loading...