सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालय सञ्चालन र बजेटबारे मुख्यमन्त्रीले गरे छलफल

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालय सञ्चालनका लागि बजेट विनियोजन गर्ने सम्बन्धमा छलफल गरेका छन् ।

Dadeldhura hospital

प्रतिनिधि सभाबाट विश्वविद्यालय सञ्चालन विद्येयक पारित भएकोमा खुसी व्यक्त गरेका शाहले शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा राष्ट्रिय सभा सदस्य र संघर्ष समितिसँग छलफल गर्दै बजेटबारे चासो राखेका छन् । मुख्यमन्त्री शाहले उक्त विश्वविद्यालय विद्येयक पारित हुनु प्रदेशको उच्च शिक्षा क्षेत्रका लागि एक ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन् ।

Godawari sandesh
Navadurga sun

उनले अब विद्येयकअनुसार विश्वविद्यालय सञ्चालनका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा पूर्ण बजेट विनियोजन गर्नुपर्ने विषयमा राष्ट्रिय सभा सदस्यहरुको ध्यानाकर्षण पनि गराइएको छ । विश्वविद्यालयको शीघ्र सञ्चालनका लागि सबै पक्षबीच समन्वय र सहकार्यको आवश्यकता रहेको मुख्यमन्त्री शाहको भनाइ थियो ।

 

Loading...