कैलालीमा हत्याका अभियुक्त चार वर्षपछि पक्राउ

धनगढी । कैलालीमा हत्या अभियोग लागेर चार वर्षदेखि फरार रहेका एक जना पक्राउ परेका छन। जिल्लाको गोदावरी नगरपालिका–५ का २७ वर्षीय उमेश नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले बताएको छ।

nava durga gaupalika

नेपालीमाथि २ माघ २०७८ मा धनगढी उपमहानगरपालिका–११ मा भएको गोदावरी-५ का २० वर्षीय प्रकाश नेपालीको मृत्यु प्रकरणमा संलग्न रहको आरोप छ।

घटना भएकै दिनदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले शुक्रवार पक्राउ गरेको हो। जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखेर नेपालीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...