मदन भण्डारी फाउण्डेसन कैलालीको अधिवेशन अगामी जेठ २६ मा हुने

धनगढी- मदन भण्डारी फाउण्डेसन कैलालीको अधिवेशन अगामी २६ जेठमा हुने भएको छ । शुक्रबार धनगढीमा बसेको फाउण्डेसनको जिल्ला कार्य समिति बैठकले २६ जेठमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

nava durga gaupalika

जिल्ला अध्यक्ष रामचन्द्र जोशीले १६ जेठभित्र जिल्लाका सबै १२६ वटै वडाबाट प्रतिनिधि चयन गरेर २६ गते अधिवेशन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । उनकाअनुसार प्रत्येक वडाबाट एक जना प्रतिनिधि चयन गरेर स्थानीय तहले पठाउनुपर्नेछ ।

अधिवेशनले फाउण्डेसनको नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष जोशीको अध्यक्षतामा बसेको मदन भण्डारी फाउण्डेसन कैलालीको पूर्ण बैठकका प्रमुख अतिथि एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी राना रहेका थिए ।

बैठकमा पार्टीका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, सचिव रणबहादुर चन्द लगायतका नेताहरु समेत अतिथिका रुपमा सहभागी थिए । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले मदन भण्डारी फाउण्डेसनले समेत पार्टी सुदृढिकरण गर्ने अभियानमा सहयोग पुग्ने खालका कार्यक्रम गर्नुपर्ने बताएका छन् ।

Loading...