अत्तरिया–धनगढी ६ लेन सडकमा विद्युत जडानका लागि पोल राख्न खाडल खन्ने काम सुरु

अत्तरिया- गोदावरी नगरपालिका अन्तर्गत अत्तरिया–धनगढी ६ लेन सडक खण्डमा आजदेखि विद्युत जडानका लागि पोल राख्न खाडल खन्ने काम सुरु भएको छ। मौसम र अन्य अवरोध नभएको खण्डमा दुई महिनाभित्र काम सम्पन्न गर्ने गरी नगरपालिकालाई हस्तानतरण गर्ने गरी काम अगाडि बढेको छ।

सुर्योदय ऊर्जा प्रालिले उक्त सडक खण्डको मनहरा पुल र ट्राफिक चेक पोस्ट नजिकको पुलको क्षेउमा हाई मास्ट लाइट र १८३ वटा स्ट्रीट लाइट जडान गर्ने योजना रहेको छ। २८ मिटरको दूरीमा सडकको मिडियन भागमा स्ट्रीट लाइटहरू जडान गर्नका लागि आज देखि खाडल खन्ने काम अगाडि बढेको छ ।

nava durga gaupalika

गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले बिगतका दिनमा सामाजिक सञ्जाल र मिडियामा गोदावरी नगरक्षेत्र अन्तर्गत अत्तरिया–धनगढी ६ लेन सडकमा स्मार्ट सडक बत्ती बलेन भनेर आलोचना गर्दै आएकामा आजदेखी सडक बत्ती जडान कार्य शुरु गरिएको बताएका छन् ।
उनले दुई महिनाभित्र सडक क्षेत्र उज्यालो हुने र सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। त्यसै गरी ६ लेन सडक खण्डमा २ ओटा र  तेघरी ब्यारेक कापडाको बोट नजिक र वडा नं ११ र १२ को संगमस्थल गौडी चोकमा पनि हाई मास्ट लाईट जडान गरिने जानकारी नगर प्रमुख भट्टले बताए।

सुर्योदय ऊर्जा प्रालिका इन्जिनियर रबिन महतोका अनुसार २ महिना भित्र निर्माणको काम सक्ने बताएका छन् । यद्यपि ठेक्का अवधि अझै ६ महिना बाँकी रहेको समेत बताएका छन् ।

गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरले प्राविधिक निगरानी नियमित गरिने जानकारी दिएका छन् । उक्त विद्युतीकरण २ करोड ३४ लाख १६ हजार ६३१ रुपैयाँको लागतमा सम्झौता भई काम सुरु गरिएको  बताएका छन् । जस माध्ये १ करोड ५२ लाख २० हजार ८१० रुपैयाँ गोदावरी नगरपालिकाको र बाँकी रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने ई कुँवरले बताएका छन् ।

Loading...