उप-प्रमुखले वडा भेला जस्तो महत्त्वपूर्ण कार्यक्रममा सहभागी भई बीचमै छोडेर जानु उचित हाेइन : नगर प्रमुख भट्ट

अत्तरिया- गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले उप प्रमुख शारदा देवी रोकायलाई वडा भेला जस्तो महत्त्वपूर्ण कार्यक्रममा सहभागी भई बीचमै छोडेर जानु उचित नभएको आपत्ति जनाएका छन् ।

Dadeldhura hospital

नगर उप प्रमुखले वडा नं. ८ मा आयोजित वडा भेला बीचमै छोडेर एक संस्थागत कार्यक्रममा सहभागी भएको प्रति असन्तुष्टि जनाउँदै नगर प्रमुख भट्टले “वडा भेला कुनै पार्टीको सभा होइन, यो त जनताको आवाजलाई सुनेर योजना निर्माण गर्ने आधार हो । यस्तो कार्यक्रममा नगर उप प्रमुखले छोडेर जान उचित मान्न सकिँदैन, भनेर भने, हामीले जनताको मार्गदर्शन अनुसार योजना निर्माण गर्छौं,” उनले भने, “त्यही मार्गदर्शन वडा भेलाबाट प्राप्त हुन्छ।”

Navadurga sun
Godawari sandesh

निडस नेपालले मलाई पनि सम्मान गर्ने भनेर आमन्त्रण गरेको थियो,” नगर प्रमुखले भने, “तर म जनताको सुझाव र आवश्यकता मध्यनजर गर्दै वडा भेलामा उपस्थित भएको हुँ । संस्थागत कार्यक्रमभन्दा नगरका नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने वडा भेला महत्वपूर्ण हुन्छ भन्ने मान्यताले मैले त्यो कार्यक्रममा नजाने निर्णय गरेँको साथै जनताको मार्गदर्शन अनुसार योजना बनाउनु हामी सबैको दायित्व हो, उनले भने ।

यस्तै नगर उप प्रमुख रोकायाले संस्थागत कार्यक्रम पनि नगरको प्रतिष्ठासँग जोडिएको भएको र आफूलाई विशेष आमन्त्रण गरिएको कारण उपस्थित भएको प्रतिक्रिया दिएकी छिन् । संस्थासँग जोडिएका कार्यक्रमहरूले पनि किसान र कृषक र त्यसपछि युवा युवतीहरूका लागि लक्षित कार्यक्रमहरू आउने भएकाले त्यस कार्यक्रम पनि सहभागी हुनुपर्ने कुरालाई विशेष प्राथमिकता दिएर सहभागी भएको बताएकी थिइन् । यद्यपि नगर प्रमुखले जनताको हितलाई प्राथमिकता दिनुपर्ने सन्देश दिँदै वडा भेला छोडेर जानु गलत सन्देश दिने बताएका छन् ।

Loading...