

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ४ मा रहेको सुदूरपश्चिम (सुप) माविका विद्यार्थीलाई लागूऔषध, दुव्र्यसनी न्यूनिकरणबारे जनचेतना प्रदान गरिएको छ ।

सोमबार गोदावरी नगरपालिका वडा नम्बर- २ को सहयोगमा तथा सुदूरदृष्टि मिडियाले करिब ७० जना विद्यार्थीलाई लागूऔषध, दुव्र्यसनी न्यूनिकरणबारे जनचेतना प्रदान गरिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीसंगको सहकार्यमा जनचेतना कार्यक्रमको आयोजना गरिएको सुदूरदृष्टि मिडियाका सम्पादक धुर्व ओझाले बताएका छन् ।