बेहडाबाबामा जेठ २१ गतेदेखि दशहरा मेला

धनगढी । कैलालीको बेहडाबाबा मन्दिरमा जेठ २१ गतेदेखि गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने भएको छ। धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहडाबाबामा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्दै आएको छ।

nava durga gaupalika

यो वर्ष जेठ २१ गतेदेखि २५ गतेसम्म गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने बताइएको छ । गंगा दशहरा पूजा तथा धार्मिक मेला सफल रूपमा सञ्चालनका लागि बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समिति जुटेको छ ।

समितिका सचिव वीरेन्द्र चन्दको संयोजकमा खानेपानी तथा विधुत व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै मन्दिर व्यवस्थापन समितिका सदस्य कृष्ण चन्द रानाको संयोजकमा मेस व्यवस्थापन समिति गठन गरिएको छ । मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष नरेन्द्र शाहको संयोजकमा मन्दिर पूजा तथा लाइन व्यवस्थापन समिति गठन गरिएको छ ।

 

Loading...