प्रतिनिधि सभाबाट सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको विधेयक पारित भएको खुशियालीमा दीप प्रज्ज्वलन

अत्तरिया- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुशियालीमा दीप प्रज्ज्वलन गरिएको छ । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालय संघर्ष समितिको आयोजनामा सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालय अगाडि दीप प्रज्ज्वलन गरिएको हो ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेय आगोले सरकारले ल्याएको बिधेयक प्रति हार्दिक स्वागत गर्दै खुशियालीमा दीप प्रज्ज्वलन गतिएको बताए । उनले हामी सुदूरपश्चिम बासिएको बर्षौदेखिको एउटा माग पुरा भएको बताउदै अबको माग यहा छिट्टै एमएमबिबिएसको पढाइ शुचारु गर्नु रहेको बताए ।

आज सदनमा शिक्षामन्त्री रघुजी पन्तले सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक सर्वसम्मत पारित भएको हो । यसअघि १३ चैतमा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको थियो । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा दुई जना सह(कुलपति रहने ब्यबस्था रहेको छ ।

विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री सहकुलपति हुनेछन् । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनेछन् । तर, कुलपतिको भूमिका दीक्षान्त समारोहको अध्यक्षतामा मात्रै सीमित रहनेछ । यसबाहेक विश्वविद्यालयको पदाधिकारीमा उपकुलपति, रजिस्ट्रार, डिन, प्रिन्सिपल र अस्पताल निर्देशक रहनेछन् । विश्वविद्यालयमा विश्वविद्यालयको सर्वोच्च निकायको रूपमा एक सभा रहनेछ ।

सभाको अध्यक्ष शिक्षा हेर्ने सहकुलपति (शिक्षामन्त्री) रहनेछन् । उपाध्यक्षमा स्वास्थ्य हेर्ने सहकुलपछि स्वास्थ्यमन्त्री रहनेछन् सुदुरपश्चिममा विधेकको माग गर्दै लामो समयदेखि स्थानीय संघर्ष समितिले दबाब दिँदै आएको थियो ।

Loading...