सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट पारित

अत्तरिया- सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ आइतबार प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सांसदहरूले सर्वसम्मत समर्थन गरे ।

यो विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफलपछि पारित गरेको हो । विधेयक राष्ट्रिय सभाबाट उत्पत्ति भई प्रतिनिधिसभामा पुगेको थियो । अब, विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट कानुनी रूपमा लागू हुने व्यवस्था गरिएको छ ।

यस विधेयकले देशमा चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ ।

Loading...