गोदावरी वडा नं. ६ ले सार्वजनिक गर्‍यो ९२ लाख २१ हजारको बजेट सार्वजनिक

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९२ लाख २१ हजार ४५३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शनिबार सम्पन्न नवौं वडा भेलाबाट बजेट सिलिङ्ग सार्वजनिक गरिएको थियो ।

Navadurga sun

वडा भेलाको एक कार्यक्रमका बिच नगर प्रमुख भट्टले उद्घाटन गर्नुभएको थियो ।

नगर-प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्य र उप–प्रमुख शारदा देवी रोकायाको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष जग्गुराम चौधरीले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न योजनाहरूको प्रगति विवरण प्रस्तुत गर्दै आगामी वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

वडाध्यक्ष चौधरीका अनुसार बजेटमा ७० लाख रुपैयाँ समानीकरण र २२ लाख २१ हजार ४५३ रुपैयाँ विभिन्न स्रोतहरूबाट प्राप्त बजेट सिलिङ्ग समावेश गरिएको छ। यस बजेटलाई वडाले पाँच प्रमुख क्षेत्रगत शीर्षकहरूमा विभाजन गरेको छ।

आर्थिक विकासतर्फ १७ लाख ५० हजार रुपैयाँ, सामाजिक विकासतर्फ २४ लाख २५ हजार रुपैयाँ, भौतिक पूर्वाधार विकासतर्फ ४४ लाख ४६ हजार रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० हजार रुपैयाँ, र सार्वजनिक सेवा, क्षमता विकास तथा व्यवस्थापनतर्फ ५ लाख ५० हजार ४५३ रुपैयाँ विनियोजन गरिएको छ।

वडाले वैशाख मसान्तसम्म विभिन्न सेवाबाट २१ लाख ८४ हजार ६४२ रुपैयाँ राजस्व संकलन गरेको जानकारी पनि भेलामा वडा अध्यक्ष चौधरीले दिएका थिए।

वडा भेलामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, नागरिक समाजका सदस्य तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। भेलामा सहभागी व्यक्तिहरूले बजेट निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक रहेको भन्दै वडाको चौथर्फिक विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्न सबैको सुझाव सल्लाह रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...