डोटी- मध्यपहाडी लोकमार्ग अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डोटीमा रहेका छन् । शुक्रबार डडेलधुराबाट यो अभियान शुभारम्भ गरेर प्रचण्ड सहितको केन्द्रीय टोली डोटी पुगेको हो ।


प्रचण्ड सहितको टोलीले आज बिहान दिपायलमा मर्निङ वाक गरेको छ । सो क्रममा उनीहरूसँग जिल्लाका नेता कार्यकर्ता पनि सहभागी थिए ।
मर्निङवाककै क्रममा सहिद स्मृति आवासीय विद्यालय राजपुरका विद्यार्थी थपिएका थिए ।