बैतडीबाट माओवादीको ‘मध्यपहाडी’ लोकमार्ग केन्द्रित अभियान सुरु

gyan kendra dadel

धनगढी- नेकपा (माओवादी केन्द्र) को ‘मध्यपहाडी’ लोकमार्ग केन्द्रित अभियान सुरु भएको छ । शुक्रबार बैतडीबाट माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको हो ।

Khanepani dadeldhura

पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ । ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जनजागरण अभियान’ शुभारम्भ गर्न यहाँ पुगेका पूर्व प्रधानमन्त्री प्रचण्ड लगायतलाई स्वागत तथा अभिनन्दन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए ।

ajaymeru gaupalika

अभियानको शुभारम्भ पश्चात अध्यक्ष दाहालले पाटनस्थित खुलामञ्चमा आयोजना गरिएको आमसभालाई सम्बोधन गरेका थिए । यो अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् । अभियानमा भाग लिन पार्टीका अध्यक्ष ‘प्रचण्ड’ सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल, गङ्गा दाहाललगायत नेताहरू छन् ।

udhok dadeldhura

कार्यक्रमलाई बोल्दै पार्टी अध्यक्ष प्रचण्डले गरिब र निमुखाको पार्टी माओवादी मात्रै भएकाले आफूहरूलाई सबैले साथ दिनु पर्नेमा जोड दिए । तराई–पहाड र हिमाललाई एकताबद्ध रूपमा जोड्ने र यो अभियानमार्फत सरकारलाई खबरदारी गर्ने उहाँले बताए । उनले “यो सरकार जनताको विरुद्ध काम गरिरहेको छ । जनताको मतलाई बेवास्ता गर्दै भ्रष्टाचारलाई प्रसय दिने काम गरिरहेको छ । यो अभियानले सरकारलाई खबरदारी पनि गर्ने छ ।”

माओवादी पार्टी जनताको पार्टी रहेको बताउँदै उहाँले उत्पीडित वर्गको हकअधिकारका लागि माओवादी केन्द्र बलियो हुनुपर्ने उहाँले तर्क गरे । किसानका समस्या समाधानका लागि कृषिमा क्रान्ति ल्याउनु पर्नेमा उहाँले जोड दिए ।

सुदूरपश्चिम विकासको गतिमा अझै पछाडि परेको बताउँदै उहाँले यहाँको विकास नभइकन देश बलियो हुन नसक्ने बताए । २०८४ को आमनिर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने उद्घोष गर्दै अध्यक्ष दाहालले आउने चुनावमा माओवादीलाई बलियो बनाउन आह्वान गरे ।

कर्मचारी ऐनको माग गर्दै आन्दोलनमा रहेका सुदूरपश्चिमका कर्मचारीको माग सम्बोधन गर्न पनि उनले सरकारलाई आग्रह गरे । यसअघि हुलाकी राजमार्ग केन्द्रित तराई मूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्ग मार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने पार्टीका बैतडी जिल्ला संयोजक शंकर भण्डारीले बताए ।

अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्ने भण्डारीले बताए । यसले सङ्गठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको उनको भनाई छ ।
जेठ २ शुक्रबार बैतडीको पाटनबाट सुरु भएको अभियान जेठ १० गते कास्की पोखरामा समापन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ। नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आज बैतडीबाट सुरु भएको छ ।

Loading...