कैलालीमा हावाहुरीले ढलेको रूखले लागेर शिक्षकको मृत्यु

अत्तरिया- कैलालीमा हावाहुरीले ढलेकाे रूखले लागेर शिक्षककाे मृत्यु भएकाे छ । शुक्रबार बिहानकाे हावाहुरीले ढलेकाे रूखले चाेट लागेर राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीकाे मृत्यु भएकाे हाे

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले घोडाघोडी नगरपालिका–१, सुन्दर टोलका भण्डारीकाे उपचारका क्रममा माया मेट्राे अस्पतालमा मृत्यु भएको बताए । बिहान चलेको हावाहुरीका कारण सालकाे रुख ढल्दा ५२ वर्षीय भण्डारी घाइते भएका थिए ।

Godawari sandesh
Navadurga sun

भण्डारीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धनगढीकाे माया मेट्रो अस्पताल ल्याइएको थियोे ।भण्डारीकाे उपचारका क्रममा मृत्यु भएको हाे

Loading...