गोदावरी ३ ले ९५ लाख ९४ हजार ८५ रुपैयाँ बजेट सार्वजनिक

अत्तरिया- गोदावरी नगरपालिका वडा नं ३ ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागी बजेट सार्वजनिक गरेको छ। शुक्रबार गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टद्वारा उद्घाटन गरिएको वडाको नवौं वडा भेलाले आगामी आर्थिक वर्षको लागी ९५ लाख ९४ हजार ८५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो । नगरपालिका बाट प्राप्त बजेट सिलिङ् अनुसार समानीकरणमा ७० लाख र २५ लाख ९४ हजार ८५ रुपैयाँ सूत्रमा आधारित बजेट रहेको छ ।

समारोहमा वडाको २०८२/०८३ को नीति तथा कार्यक्रमहरु प्रस्तुत वडाध्यक्ष तेजराज अवस्थीले गरेका थिए । पूर्वाधार विकास तर्फ ४० लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको जसमा सडक कालोपत्रे, ग्राभेल र विद्युत पोल खरिदमा प्राथमिकता रहेको जानकारी दिए ।

Navadurga sun

यस्तै सामाजिक विकास तर्फ ३३ लाख रहेको जसमा शिक्षा, स्वास्थ्य, धर्मकला संस्कृति युवा लक्षित कार्यक्रम, खानेपानी लगायत विभिन्न लक्षित कार्यक्रमलाई प्राथमिकता दिइएको जनाएको छ । आर्थिक विकास तर्फ कृषिमा ९ लाख र शिपमुलक तालिममा १ लाख ५० हजार रहेको छ । विपत् व्यवस्थापन तर्फ ५० हजार, लागू औषध दुव्र्यसन नियन्त्रण तथा रोकथाममा ५० हजार लगायत अन्य विभिन्न कार्यक्रमहरुलाई लक्षित गरि बजेट विनियोजन गरिएको जनाएको छ ।

वडा भेलामा विभिन्न दलका जनप्रतिनिधि, समाजसेवी, वडा बासिन्दा लगायत व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...