कैलालीमा बालुवा भित्र काठ तस्करी गर्दै गर्दा ट्याक्टरको टायर पन्चर भएपछि…

धनगढी- कैलालीमा बालुवा भित्र काठ तस्करी गर्दै गर्दा ट्याक्टरको टायर पन्चर भएको छ । जिल्लाको गोदावरी नगरपालिका– ९ बल्मीमा तस्करीको तस्करीको काठ बालुवा बोक्दै गरेको ट्याक्टरमा फेला परेका हुन् ।

कैलालीको गौरीगंगा नगरपालिका–६ र गोदावरी नगरपालिकाको सिमानामा से १ त ९५१७ नम्बरको ट्याक्टरमा सालको चार गोलिया काठ बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले बताएको छ ।

शुक्रवार बिहान बालुवामा सालका गोलिया लुकाएर ल्याउँदै गरेको ट्याक्टरको टायर पन्चर भएपछि ट्रली नै छोडेर चालक फरार भएका हुन् । बरामद भएको काठ इलाका प्रहरी कार्यालय चौमालालाई बुझाइएको र चालकको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

Loading...