कञ्चनपुरका युवक खैरो हेरोइनसहित पक्राउ

कञ्चनपुर । कञ्चनपुरका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–११ सात नम्बर पिल्लर नजिकबाट लालझाडी गाउँपालिका–५ बाणी बस्ने २७ वर्षीय राजेश नेपाली खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

नेपालीलाई बिहीवार साँझ साढे सात बजे १ ग्राम ८ मिलीग्राम लागूऔषध (खैरो हेरोइन) सहित नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...