कैलालीमा बाख्रा र बोकासहित अवैध सामान बरामद

धनगढी । कैलालीका विभिन्न स्थानहरूबाट अबैध रूपमा भन्सार छलि गरी ओसारपसार गरिएको सामग्री र पशुहरू प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको गस्ती टोलीले यी वस्तुहरू बेवारिसे अवस्थामा फेला पारेको हो।

धनगढी उपमहानगरपालिका–२ स्थित माछापोखरी, पुरानो भन्सार रोड तथा भजनी नगरपालिका–७ हिम्मतपुरबाट भारतबाट भन्सार छलि गरि ल्याइएको अनुमानित एक लाख ८४ हजार दुई सय रुपैयाँ बराबरको पेय पदार्थ, बिडी, सुर्ती, मोबाइल कभर, बोइलर कुखुरा लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ।

Navadurga sun

उक्त वस्तुहरूलाई गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

खेदा घाटबाट भारत लैजाँदै गरिएका पशुहरू सोही मितिको दिउँसो साढे ४ बजे धनगढी उपमहानगरपालिका–१९ स्थित नेपालबाट भारततर्फ भन्सार छलि गरी लैजाँदै गरिएको एक लाख १० हजार बराबरको १ बोका, १ खसी र ४ वटा बाख्रा इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। दुवै घटनामा संलग्न व्यक्तिहरुको पहिचान तथा अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...