स्थानीय तहका कर्मचारीको आन्दोलनमा वेदकोटका नगर प्रमुख बोहराको ऐक्यबद्धता

gyan kendra dadel

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीहरूले स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै गरिरहेको आन्दोलनमा वेदकोट नगरपालिकाका नगर प्रमुख भोज राज बोहराले ऐक्यबद्धता जनाएका छन् । नगर प्रमुख बोहोराले कर्मचारीहरूको माग जायज रहेको बताउँदै उनीहरूको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने बताएका छन् ।

Khanepani dadeldhura

स्थानीय सेवा ऐन जारी गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीहरूले आफ्नो आन्दोलनलाई तीव्र पारेका छन् । गत वैशाख २६ गतेदेखि सुरु भएको यो आन्दोलनका कारण प्रदेशका ८८ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा ठप्प भएका छन् ।

ajaymeru gaupalika
udhok dadeldhura

कर्मचारीहरूले आफ्ना कार्यालयहरूमा तालाबन्दी गर्ने र धर्ना दिने जस्ता कार्यक्रमहरू गर्दै आएका छन् । स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिको नेतृत्वमा जारी रहेको यो आन्दोलनले यही आइतबारदेखि थप सशक्त रूप लिने घोषणा गरेको छ ।

कर्मचारीहरूले ऐनको अभावमा आफ्नो भूमिका अन्योलमा परेको, सेवा प्रवाहमा अस्थिरता आएको र कर्मचारीहरूको मनोबल खस्किएको बताएका छन् । उनीहरूले प्रदेश सरकारसँग तत्काल स्थानीय सेवा ऐन जारी गर्न माग गरेका छन् ।

नेपालको संविधानको धारा २८३ को उपधारा ३ र अनुसूची ६ मा प्रदेशलाई स्थानीय सेवा ऐन बनाउने अधिकार दिइएको छ। तर, सुदूरपश्चिम प्रदेश बाहेक अन्य ६ वटा प्रदेशले यस ऐनलाई जारी गरिसके पनि यहाँ ढिलाइ भएको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको कर्मचारीहरूको भनाई छ ।

Loading...