कञ्चनपुरमा मलामी गएका सशस्त्रका हवलदारको दुर्घटनामा मृत्यु

Dadeldhura hospital

महेन्द्रनगर । कञ्चनपुरमा मलामी जादै गरेका सशस्त्रका हवलदारको दुर्घटनामा मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल रानाको छिमेकी गुरुङ थरकी महिलाको मलामी जादै गर्दा दुर्घटनामा मृत्यु भएको हो।

भीमदत्त नगरपालिका–९ ब्रहमदेवस्तिथ सडकमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेका रानाको मृत्यु भएको छ। ट्याक्टरबाट खसेर घाइते भएका रानाको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। राना सशस्त्र प्रहरीबाट सेवा निवृत्त हवलदार हुन।

Godawari sandesh
Navadurga sun
Loading...