कञ्चनपुरमा लागूऔषध सहित चार जना पक्राउ

gyan kendra dadel

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध सहित चार जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–११ भुजेलास्थित भीमदत्त नगरपालिका–५ का २७ वर्षीय अनिल पहरी र सोही ठाउँ बस्ने २२ वर्षीय आकाश लुहार पक्राउ परेका हुन् ।

Khanepani dadeldhura
udhok dadeldhura

पहरीले चलाएको डिएल ४ एचबि २६१३ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा १ ग्राम लागूऔषध फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार लुहारलाई पक्राउ गरिएको हो । दुवै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

ajaymeru gaupalika

त्यसैगरी भीमदत्त नगरपालिका–११ गडडाचौकी होल्डिङ सेन्टर ७ नम्बर पिल्लरस्थित भीमदत्त नगरपालिका–६ बस्ने २४ वर्षीय रबिन्द्र चन्दले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००३ प ३८९७ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा ७ ग्राम ९९० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, स्कुटर र स्कुटर पछाडी सवार सोही ठाउँ बस्ने २२ वर्षीय चेतन चन्द पक्राउ परेका छन् ।

यी दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

Loading...